२ साउन,वीरगञ्ज । पर्सा जिल्ला अदालतले आर्थिक वर्ष २०८१/८२ मा मुद्दा फछ्र्यौटको क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेको छ। अदालतले सो अवधिमा कुल मुद्दामध्ये करिब ५७.२९ प्रतिशत मुद्दा समाधान गरेको छ, जुन पछिल्लो पाँच वर्षको तुलनामा सबैभन्दा उच्च दर हो।
अदालतका श्रेस्तेदार प्रभाकर कुमार मल्लिकका अनुसार, अदालतमा गत वर्षसम्म कूल १४,३३१ मुद्दा रहेकोमा ७,२३९ मुद्दा फछ्र्यौट भएका हुन्। तीमध्ये ६,०९२ मुद्दा अघिल्लो आर्थिक वर्षबाट सारिएका थिए भने ८,२३९ नयाँ दर्ता भएका थिए।
यद्यपि, अदालतको लक्ष्य ९,४९१ मुद्दा फछ्र्यौट गर्ने थियो, तर फछ्र्यौट दरमा भएको सुधारले न्यायिक प्रणालीमा सकारात्मक सन्देश दिएको मल्लिकले बताए।
उनका अनुसार, २ वर्षभन्दा पुराना १,८०९ मुद्दामध्ये हाल ३३४ मुद्दामात्र बाँकी छन्। फरक मुद्दा व्यवस्थापन प्रणाली अन्तर्गतका सबै मुद्दा सफलतापूर्वक समाधान गरिएको छ, जुन व्यवस्थागत सुधारको संकेत हो।
तुलनात्मक रुपमा हेर्दा गत आर्थिक वर्षमा ५ वर्षयता सबैभन्दा बढी मुद्दा फछ्र्यौट भएको मुख्य मल्लिकले दाबी गरे । उनका अनुसार आर्थिक वर्ष २०७६÷७७ मा ४० दशमलव २, आर्थिक वर्ष २०७७÷७८ मा ४० दशमलव ४४, आर्थिक वर्ष २०७८÷७९ मा ४६ दशमलव ०६, आर्थिक वर्ष २०७९÷८० मा ४६ दशमलव ९६ र गत आर्थिक वर्ष २०८१÷८२ मा ५७ प्रतिशत २९ प्रतिशत मुद्दा आव भएको छ ।
मल्लिकले अदालतको कार्यक्षमता, इमान्दार प्रयास र प्रविधिको प्रयोगमार्फत न्यायिक प्रक्रियालाई छरितो बनाउन सकिएको दाबी गरे। उनले बाँकी रहेका मुद्दा पनि आगामी वर्षमा फछ्र्यौट गर्ने लक्ष्य रहेको स्पष्ट पारे।
न्याय प्रशासनमा सुधारको यो गति निरन्तर रहन सकेमा नागरिकमा न्यायप्रति विश्वास अझ बढ्ने कानुनी जानकारहरूले बताएका छन्।















