Logo

२ साउन, काठमाडौं । लामो समयदेखि एकताको प्रयासमा रहेका नेकपा एकीकृत समाजवादी र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबीच आज औपचारिक एकता घोषणा भएको छ।

राष्ट्रिय सभागृहमा आयोजित एक समारोहमा वामदेव गौतमले आफ्नो अभियानलाई एकीकृत समाजवादीमा समाहित भएको घोषणा गर्नुभयो। पार्टी एकीकरण हुँदा आफू ज्यादै खुशी भएको बताउँदै गौतमले पार्टी कार्यालय स्वयम्भूबाट एकीकृत पार्टीको कार्यालयसम्म आउन चार वर्ष लागेको प्रसंग उल्लेख गर्नुभयो।

उहाँले एकीकृत समाजवादीमा प्रवेशको घोषणा गर्दा समारोहमा उपस्थित नेता तथा कार्यकर्ताहरूले निकै बेर हुटिङ गर्दै स्वागत गरेका थिए। एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल लगायतका शीर्ष नेताहरूले गौतमलाई पार्टीमा स्वागत गर्नुभएको थियो। यो एकताले वामपन्थी शक्तिहरूबीच ध्रुवीकरणको प्रक्रियालाई थप तीव्रता दिएको मानिएको छ।


सम्बन्धित समाचार
भर्खरै