२ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्ना उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई पदबाट हटाएको छ।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले उनलाई उपाध्यक्ष र केन्द्रीय सदस्य दुवै जिम्मेवारीबाट मुक्त गर्नुभएको हो। राप्रपाका प्रचार विभाग प्रमुख एवं प्रवक्ता मोहनकुमार श्रेष्ठले शुक्रबार उक्त जानकारी दिनुभएको हो। अध्यक्ष लिङ्देनको यो कदमले पार्टीभित्रको आन्तरिक व्यवस्थापनमा नयाँ मोड आएको संकेत गरेको छ।















