Logo

४ साउन, भद्रपुर । लागूऔषध कारोेबारमा संलग्न भएको आरोपमा नेकपा एमालेका बिर्तामोड नगर कमिटी सदस्य भानुभक्त खरेल निलम्बित भएका छन् ।
एमाले बिर्तामोड नगर कमिटीको शनिबार सम्पन्न बैठकले खरेललाई अनुसन्धान नसकिएसम्मका लागि निलम्बन गर्ने निर्णय गरेको हो ।

नेकपा (एमाले) नगर कमिटी अध्यक्ष सुवास भट्टराईद्वारा जारी विज्ञप्तिमा गलत क्रियाकलापमा संलग्न जोकोहीलाई कारबाही हुनुपर्ने पार्टीको मान्यता रहेकाले उनलाई निलम्बन गरिएको जनाएको छ ।

लागूऔषधसँगै सञ्चालक खरेलका कर्मचारी अर्जुनधारा–६ दासपुलका २५ वर्षीय विनोद घिमिरेलाई पनि प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

प्रहरीले खरेलले सञ्चालन गरेको सनलाइट फर्मा पसलको गोदामबाट ठूलो परिमाणमा लागूऔषध फेला पारेको थियो । घटना लगत्तै खरेल फरार छन् । प्रहरीले खरेललाई खोजी गरिरहेको जनाएको छ ।


सम्बन्धित समाचार