Logo

४ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ।

बजारमा देखिएको अधिक तरलतालाई व्यवस्थापन गर्न राष्ट्र बैंकले यो कदम चालेको हो। राष्ट्र बैंकले यो रकम ४२ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत उठाउने भएको छ।

आज दिउँसो ३ बजेसम्म बोलकबोलको समय तोकिएको छ। यसमा कम्तीमा १० करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मको बोल गर्न सकिनेछ। सावाँ र ब्याजको भुक्तानी आगामी भदौ १५ गते हुनेछ, जसको ब्याजदर पनि बोलकबोलको माध्यमबाटै निर्धारण गरिनेछ। राष्ट्र बैंकका अनुसार, निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ र बहु–ब्याजदरमा पनि बहु(बोलकबोल गर्न सकिनेछ।

यस निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। यो कदमले बजारमा रहेको अत्यधिक तरलतालाई कम गरी वित्तीय प्रणालीलाई थप सन्तुलित बनाउन मद्दत गर्ने राष्ट्र बैंकको अपेक्षा छ।


सम्बन्धित समाचार