Logo

४ साउन, काठमाडौं । लामो समयदेखि प्रतिक्षित नेकपा (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीचको भेटवार्ता सुरु भएको छ।

एमालेको केन्द्रीय मुख्यालय च्यासलमा केहीबेरअघिदेखि दुई नेताबीचको भेटवार्ता जारी रहेको हो । दिउँसो ३ बजेका लागि तय भएको यो भेट प्रधानमन्त्री ओलीको कार्य व्यस्तताका कारण केही ढिला गरी सुरु भएको उनको सचिवालयले जनाएको छ। पूर्वराष्ट्रपति भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनको चर्चा र पार्टीभित्रको विधान संशोधनको विषयले गर्दा यो भेटलाई राजनीतिक वृत्तमा निकै महत्वका साथ हेरिएको छ।

यस भेटवार्तामा पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीको आन्तरिक अवस्था र विशेषगरी पूर्वराष्ट्रपति भण्डारीको भावी भूमिकाका विषयमा गहन छलफल हुने अनुमान गरिएको छ।


सम्बन्धित समाचार