Logo

४ साउन, वीरगञ्ज । मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) लाई बलात्कारको आरोपमा आइतबार काठमाडौँबाट पक्राउ गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले रातोपाटीलाई जानकारी दिएअनुसार उनीविरुद्ध चैत २५ गते अदालतबाट पुर्जी जारी भएको थियो।

प्रहरीले झामाथि अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद लिएको छ। २३ वर्षीया एक युवतीले उनीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएकी थिइन्। जाहेरीमा अहिराजले पीडितलाई काठमाडौँस्थित आफ्नै निवासमा बलात्कार गरेको आरोप लगाइएको छ।

राजेश झा ९अहिराज० २०७७ फागुन ७ गते मधेस प्रदेशको प्रदेश प्रमुख नियुक्त भएका थिए।

स्मरण रहोस्, यसअघि अहिराजले नै पीडित युवतीविरुद्ध आपराधिक लाभ सम्बन्धी कसुरमा प्रहरीमा जाहेरी दिएका थिए। प्रहरी स्रोतका अनुसार सो मुद्दामा पीडित युवती हाजिर जमानीमा रिहा भएकी थिइन्। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।


सम्बन्धित समाचार