प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

५ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अडियो प्रकरणमा विवादित बनेका पूर्वसङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई छलफलका लागि बोलाएको छ।

आयोगले उनलाई भोलिसम्म अख्तियारमा हाजिर हुन भनेको छ। अख्तियारले यस विषयमा आधिकारिक पुष्टि नगरे पनि, प्रवक्ता राजेन्द्रकुमार पौडेलले कसैलाई छलफलका लागि बोलाउनु सामान्य प्रक्रिया भएको बताए। आयोगका एक कर्मचारीका अनुसार, गुप्तालाई ‘इन्क्वायरी’का लागि बोलाइएको हो ।

विशेषगरी अडियो काण्डमा सुनिएको आवाज उनकै हो कि होइन भन्नेबारे सोधपुछ हुन सक्ने ती अधिकारीले जानकारी दिएका छन् । यो घटनाले पूर्वमन्त्री गुप्तामाथि थप छानबिनको सम्भावना बढाएको छ ।


सम्बन्धित समाचार