Logo

५ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा मेलम्चीको खानेपानी वितरण विस्तार हुने क्रममा अब प्रधानमन्त्री निवास बालुवाटार, नक्साल, भाटभटेनी पूर्व लगायतका क्षेत्रमा पनि मेलम्चीको पानी पुग्ने भएको छ।

खानेपानीमन्त्री प्रदीप यादवले यसको घोषणा गर्दै आवश्यक पूर्वाधार तयारी अवस्थामा रहेकाले छिट्टै यी क्षेत्रमा पानी वितरण सुरु गरिने बताएका छन्।खानेपानी मन्त्रालय अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयले हालै बालुवाटार क्षेत्रमा बिछ्याइएको मेलम्ची खानेपानी आपूर्ति प्रणालीको प्राइमरी पाइपलाइनको अनुगमन तथा निरीक्षण सम्पन्न गरेको छ। मन्त्री यादवका अनुसार, पाइपलाइन बिछ्याउने कार्य सफल भइसकेकाले अब चाँडै पानी वितरण गरिनेछ।

हाल पाइपलाइनको दबाब परीक्षण (प्रेसर टेस्ट) को तयारी र सम्पन्न गर्ने चरणमा पुगेको छ । यो परीक्षण सफलतापूर्वक सकिएपछि बालुवाटार, नक्साल ९भाटभटेनी पूर्व०, टुडालदेवी, विशालनगर, वङ्शीधर मार्ग पश्चिम तथा सुवर्णशम्शेर सडकमा मेलम्चीको पानी आपूर्ति सुरु गरिनेछ।

करिब ३,५०० घरधुरी लाभान्वित हुने

आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना प्रबन्धक अमित रञ्जितका अनुसार, यो वितरणपश्चात् उक्त क्षेत्रका करिब ३ हजार ५०० घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ। काठमाडौं उपत्यकाका बासिन्दालाई शुद्ध, स्वच्छ तथा नियमित खानेपानी आपूर्ति गर्ने दीर्घकालीन लक्ष्य अनुरूप यो पाइपलाइन बिछ्याउने कार्य गरिएको हो। यसले उपत्यकाको खानेपानी समस्या समाधानमा थप टेवा पुग्ने विश्वास गरिएको छ।

 


सम्बन्धित समाचार