प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

काठमाडौं । काभ्रेको बनेपामा प्रेमिकाको हत्या गरी इँटाभट्टामा लुकेका रामेछापका सन्तोष सुनारलाई प्रहरीले पक्राउ गरेको छ।

सुनारले हत्या गरेको ५ दिनपछि उनकी प्रेमिकाको शव बनेपाको एक सामुदायिक जंगलमा फेला परेको थियो । बनेपा नगरपालिका–९, नयाँबस्तीमा बस्दै आएकी ३३ वर्षीया शर्मिला उप्रेती असार ३२ गते दिउँसो २ बजेदेखि बेपत्ता भएकी थिइन् । उनको शव आइतबार बनेपा–१३, भगवान थुम्की सामुदायिक जंगलको भिरालो जमिनमा रहेको चिलाउनेको रूखको फेदमा कोल्टो अवस्थामा फेला परेको हो । प्रहरीले अनुसन्धान गर्ने क्रममा उप्रेती बेपत्ता हुनुअघि आफ्नो प्रेमी सन्तोष सुनारसँगै कोठाबाट निस्किएको तथ्य पत्ता लगाएको थियो। अनुसन्धानले सुनारले असार ३२ गते नै उप्रेतीको हत्या गरी जंगलमा फालेको देखाएको छ।

जिल्ला प्रहरीले सन्तोष सुनारलाई सोमबार बिहान बनेपा नगरपालिका–१० स्थित एक इँटाभट्टाबाट पक्राउ गरेको हो। उनी रामेछाप जिल्लाको मन्थली नगरपालिका–१३ का हुन् । जिल्ला प्रहरीका एसपी कोमलविक्रम शाहका अनुसार, सुनारलाई अनुसन्धानका लागि जिल्ला अदालत, धुलिखेलबाट ४ दिनको म्याद थप गरिएको छ।


सम्बन्धित समाचार