Logo

६ साउन,काठमाडौं । घुस प्रकरणमा मुछिएर राजीनामा दिएका निवर्तमानमन्त्री राजकुमार गुप्तासँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज (मंगलबार) पनि सोधपुछ जारी राखेको छ। अनुसन्धान अधिकृतहरूको टोलीले घुसको अडियोबारे गुप्तासँग बयान लिनुका साथै अनुसन्धानका अन्य प्रक्रियाहरू पनि अगाडि बढाउने योजना बनाएको छ। यसअघि सोमबार बयान लिने भनिए तापनि अख्तियारले त्यसलाई मंगलबारका लागि सारेको थियो।

अख्तियारले गुप्ताको आवाजको नमुना परीक्षण गर्ने तयारी गरेको छ। स्रोतका अनुसार, आजै उनको आवाज रेकर्ड गरी सामाजिक सञ्जालमा सार्वजनिक भएको अडियोसँग त्यसको परीक्षण गरिनेछ।

गत हप्ता कास्कीका प्रमुख मालपोत अधिकृतको सरुवाका सम्बन्धमा बिचौलिया भनिएका एक व्यक्ति र मन्त्री गुप्ताबीचको संवाद बाहिरिएको थियो। चौतर्फी दबाबपछि उनले पदबाट राजीनामा दिएका थिए। अख्तियारले यस प्रकरणमा गहिरो अनुसन्धान गरिरहेको छ।

यो पनि पढ्नुहोस :–

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तामाथि घुस लिएको आरोप, अख्तियारमा उजुरी दर्ता

माननीय मन्त्री गुप्ताज्यू, घोक्रेठ्याक की राजीनामा ? छानबिनको दायरामा मन्त्री बलराम 

मन्त्रीबाट हट्ने अवस्था आएपछि गुप्ताले अडियो आफ्नो नभएको दावी गरे

घुसकाण्डमा मुछिएका मन्त्री गुप्ता प्रधानमन्त्री ओलीले बोलाएपछि बालुवाटार पुगे

गुप्ताको राजीनामा र कारबाहीको मागमा संसददेखि सडकसम्म आवाज चर्कियो

घुस प्रकरणमा मुछिएका मन्त्री गुप्ताले दिए राजिनामा

अडियो प्रकरणमा मुछिएका पूर्वमन्त्री गुप्तालाई अख्तियारले बोलायो


सम्बन्धित समाचार