२७ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका केही नेताहरूलाई पदमुक्त गरेको विषयमा निर्वाचन आयोगले स्पष्टीकरण मागेको छ ।
आयोगले यस सम्बन्धमा राप्रपालाई पत्राचार गरेको हो । अध्यक्ष लिङ्देनले हालै पार्टीको अनुशासन समितिका संयोजकको स्थानमा रोशन कार्कीलाई नियुक्त गरेका थिए। यसअघि अनुशासन समितिका संयोजक रहेका व्यक्तिलाई हटाएको विषयमा असन्तुष्टि जनाउँदै लिङ्देनको निर्णय बदरको माग राखेर असन्तुष्ट पक्ष असार २९ गते निर्वाचन आयोग पुगेको थियो ।
यसैगरी, लिङ्देनले सुवेदीलाई पद यथावत् राख्नुपर्ने माग गर्दै विज्ञप्ति निकालेका उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई पनि पदबाट हटाएका थिए । प्रवक्ता सगुन लावतीलाई समेत पदमुक्त गरिएको थियो ।















