नेपाल सरकारले मधेस प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले मधेस प्रदेशभरि नै यो घोषणा गरेको हो । मधेस प्रदेश अहिले गम्भीर खडेरी र सुक्खाको चपेटामा परेको छ। लामो समयदेखिको पानीको अभावले खानेपानी र सिँचाइ प्रणालीमा समेत नराम्ररी असर पुगेको छ । यसअघि असार २६ गते मधेस प्रदेश सरकारले नै प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो ।
वर्षाको कमीका कारण भूमिगत पानीका स्रोतहरू, जस्तै इनार र ट्युबवेलमा पानी आउन छाडेपछि स्थानीय बासिन्दाहरू ठूलो समस्यामा परेका छन् ।















