Logo

७ साउन,काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले आज प्रतिनिधि सभा बैठकमा गर्ने भनिएको विशेष सम्बोधन स्थगित भएको छ।

दिउँसो १ बजेका लागि तय गरिएको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीबाट विशेष सम्बोधन हुने कार्यसूची रहेपनि उक्त सम्बोधन अर्को दिनका लागि सारिएको हो। संसद सचिवालयका अनुसार प्रधानमन्त्रीको तयारी नपुगेका कारण सम्बोधन स्थगित गरिएको जानकारी दिइएको छ।

यद्यपि, बैठकको कार्यसूचीमा उल्लेखित प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम भने यथावत् राखिएको छ। संसदमा प्रधानमन्त्रीको सम्बोधन स्थगनसँगै राजनीतिक वृत्तमा विभिन्न अड्कलबाजीहरू सुरु भएका छन्।


सम्बन्धित समाचार