Logo

८ साउन, वीरगञ्ज । गौतम माध्यामिक विद्यालयको शैक्षिक सत्र २०८२ मा विद्यार्थी कल्याण परिषदमा नियुक्त भएका पदाधिकारीहरुको पदस्थापन तथा सपथ ग्रहण समारोह आज सम्पन्न भएको छ । विद्यालयको सभाहलमा आयोजित समारोहमा शैक्षिक सत्र २०८२ का लागि हेड ब्वाय र हेड गर्ल तथा हाउस क्याप्टेन, प्रिफेक्ट लगायत विभिन्न पदमा नियुक्त भएका विद्यार्थीहरुले सपथ ग्रहण गरेका छन् ।

उनीहरुले सपथ ग्रहण गर्ने क्रममा आफ्नो नेतृत्वमा विद्यालयको मर्यादामा रहेर अनुशासन र लगनशील भई विद्यार्थीको हित र विद्यालयको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यक्रममा हेड गर्लमा नियुक्त भएका नमन श्रेष्ठ र हेड गर्ल नियाश्ना श्रेष्ठलाई प्रमुख अतिथि नेपाली सेना श्रीपुर स्थित श्रीजंग गणकी मेजर रेनु शाहले राष्ट्र निर्माणको आधार शिक्षामा रहेको बताउँदै विद्यालयस्तरमै यस्ता नेतृत्वदायी कार्यक्रमहरूले विद्यार्थीमा नेतृत्व क्षमता, जिम्मेवारी र सेवाभाव जागृत हुने विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा हेड ब्वाय नमन श्रेष्ठ र हेड गर्ल नियासना श्रेष्ठ लगायत विभिन्न विभागका प्रमुखहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए । उनीहरूले विद्यालयमा एकता, उत्कृष्टता र प्रेरणाको भावना कायम राख्ने प्रतिबद्धता जनाए ।

त्यस्तै रेड हाउसको हाउस क्याप्टेनमा अशोक कुमार साह र जेब्रिया खातुन, सहायक क्याप्टेनमा यशराज गुप्ता र अदिती पिठाकोटे, ग्रिन हाउसको क्याप्टेनमा बासु चौरसिया र इच्छा सिंह तथा सहायक क्याप्टेनमा आयन गुप्ता र जेश्मिन खातुन, ब्लु हाउसको क्याप्टेनमा प्रलय चौधरी र मेविश प्रविन तथा सहायक क्याप्टेनमा कार्तिक गुप्ता र श्रेनिका बस्नेत र एल्लो हाउसमा क्याप्टेन प्रिन्स यादव र आलिया शेखलाई पनि ब्याच वितरण गरिएको छ ।

यसैगरी जुनियरतर्फ पनि हाउस क्याप्टेन र सहायक क्याप्टेन लगायतका विभिन्न पदमा नियुक्त भएकाहरुलाई ब्याच हस्तान्तरण र सपथ ग्रहण गराईएको थियो । विद्यालयका प्रिन्सिपल गणेश क्षेत्रीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली सेनाको श्रीपूर ब्यारेकका श्रीजंग गणका सेनानी उमा शाहले हेड गर्ल र हेड ब्वायलाई ब्याच वितरण गरेका थिए।

त्यस्तै विशिष्ट अतिथिहरु विद्यालयका सहायक प्रधानाध्यापक ललित कर्ण, एकाडेमिक हेड रमेश प्रसाद शर्मा लगायत विद्यालयका विषयगत शिक्षकहरुले पनि ब्याच वितरण गरेको विद्यालयका कोअर्डिनेटर सौराज प्रधानले जानकारी दिए । कार्यक्रमको सहजीकरण पनि प्रधानले नै गरेका थिए ।


सम्बन्धित समाचार