Logo

सिन्धुलीको गोलन्जोर गाउँपालिकामा एउटा हृदयविदारक घटना घटेको छ, जसले पूरै गाउँलाई स्तब्ध बनाएको छ ।

गोलन्जोर गाउँपालिका–६ स्थित छेत्पा नजिकै भण्डास बिप्पर कटेरीमा बसोबास गर्दै आएकी उर्मिला हायुको १६ जनाको परिवार आज बिहानदेखि रहस्यमय रूपमा बेपत्ता भएको हो । यो खबरले स्थानीय समुदायमा गहिरो त्रास र चिन्ता फैलिएको छ । स्थानीय बासिन्दाले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा जानकारी गराएपछि प्रहरी टोली तत्काल हायुको घरमा पुगेर अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीका अनुसार प्रहरी टोलीले घरमा पुग्दा सामान्य क्षति र हायु परिवारले पालेका कुखुरा, बाख्रा, भैंसी अलपत्र अवस्थामा भेटिएका छन्, तर परिवारको कुनै सदस्य घरमा छैनन् ।

“घटनाबारे सूचना पाउने बित्तिकै प्रहरीको टोली हायुको घरमा पुगेको थियो । एसपी सुवेदीले भने, “हायुको घरमा सामान्य क्षति देखिएको छ । हायु परिवारले पालेको कुखुरा, बाख्रा, भैंसी अलपत्र अवस्थामा रहेको पाइएको छ । तर, हायुको परिवारका कोही सदस्य पनि घरमा छैनन् । यो घटनाले स्थानीय जनप्रतिनिधि र गाउँलेहरूलाई चिन्तित बनाएको छ ।

प्रहरीले उनीहरूसँग बेपत्ता परिवारका सदस्यहरूको बारेमा जानकारी लिने काम गरिरहेको छ ।
१६ जनाको विशाल परिवार एकाएक गाउँबाट हराउनुले धेरै प्रश्नहरू खडा गरेको छ, जसको उत्तर खोज्न प्रहरी तीव्र रूपमा लागिपरेको छ । यस दुःखद घडीमा परिवारको सकुशल फिर्तीको कामना गरिएको छ ।

 


सम्बन्धित समाचार