Logo

१६ साउन, काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (NPL) को पहिलो संस्करणबाट प्राप्त आय–व्यय विवरण सार्वजनिक गरेको छ । बिहीबार मूलपानीमा सम्पन्न क्यानको केन्द्रीय कार्यसमिति बैठकले आर्थिक विवरण सार्वजनिक गर्दै प्रतियोगिता सफल भएको स्पष्ट संकेत दिएको हो ।

क्यानका अनुसार पहिलो संस्करणबाट कुल आम्दानी २७ करोड ६९ लाख ६४ हजार ८१८ रुपैयाँ रहेको छ। यसैबीच, प्रतियोगितामा कुल खर्च २० करोड १५ लाख ७३ हजार ५५९ रुपैयाँ भएको छ। यस आधारमा क्यानले ७ करोड ५३ लाख ९१ हजार २५९ रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ।

उक्त नाफामध्ये क्यानले ८ वटा फ्रेन्चाइज टोलीहरूलाई ५० प्रतिशत राजस्व बाँडफाँड गरेको छ, जसअनुसार टोलीहरूले ४ करोड ३७ लाख ४० हजार ४७० रुपैयाँ प्राप्त गरेका छन्। बाँडफाँडपछि क्यानको शुद्ध नाफा २ करोड ४६ लाख ५० हजार ७८९ रुपैयाँ रहेको जनाएको छ।

क्यानद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “नेपाल प्रिमियर लिगको पहिलो संस्करण सफलतापूर्वक सम्पन्न भएको छ र आर्थिक पारदर्शिता कायम गर्दै सम्पूर्ण विवरण सार्वजनिक गरिएको हो।”

यस आर्थिक विवरण सार्वजनिकसँगै क्यानप्रति पारदर्शिता र जवाफदेहिता बढ्ने अपेक्षा गरिएको छ। आगामी संस्करणहरूमा अझ प्रभावकारी व्यवस्थापन र सहभागिता हुने विश्वास व्यक्त गरिएको छ।


सम्बन्धित समाचार