प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१६ साउन, काठमाडौं। बागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरिएको छ।

शुक्रबार भक्तपुरमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले यसको औपचारिक घोषणा गरेका हुन् । यो घोषणासँगै बागमती प्रदेश पूर्ण खोप सुनिश्चित गर्ने पहिलो प्रदेश बनेको छ।

प्रधानमन्त्री ओलीका अनुसार, २०८२ असार ३० गतेसम्म बागमती प्रदेशका १३ वटै जिल्लाहरूमा १६ महिनादेखि २३ महिनासम्मका सबै बालबालिकाहरूले १५ महिनाको उमेरभित्र लगाउनुपर्ने सबै खोपहरू प्राप्त गरिसकेको राष्ट्रिय खोप समन्वय समितिले प्रमाणित गरेको छ। यही आधारमा बागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र दिइएको हो।


सम्बन्धित समाचार