Logo

१४ फागुन,बारा ।जीतपुरसिमरा उपमहानगरपालिकामा डे्रस लगाएर नआउँने कर्मचारीलाई उपमहानगरपालिकाले कार्बाही गर्ने भएको छ । उपमहानगरपालिकाको कर्मचारीहरुको बैठकमा प्रमुख प्रशासकिय अधिकृत हरिलाल पुरीले अनिर्वाय रुपमा नगरपालिकाको पोसाकमा आउँन निर्देशन दिनुभएको हो ।

पोसाकमा नआउँने कर्मचारी कार्यालय आउँने आवश्यक्ता नरहेको बताउँनुभयो ।उहाँले अफिस समयभित्र कर्मचारीहरु कार्यालयमा आउँदा र बिभिन्न कामको सिलसिलामा बाहिर जाँदा अनिवार्य रुपमा कार्यालयको बोर्डमा जानकारी हुनुपर्ने बताउँनुभयो ।


सम्बन्धित समाचार