१८ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक सरकारी साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
बाँकेको कोहलपुरका डम्मरबहादुर बुढाथोकी नामक ती साक्षीले विशेष अदालतमा घुससम्बन्धी मुद्दामा गलतबयान दिएपछि आयोगले अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानबाट उनी आफैँ भ्रष्टाचारमा संलग्न भएको खुलासा भएको हो। खरिदार रतनबहादुर जिस समेत प्रतिवादी रहेको घुस रिसवत मुद्दामा बुढाथोकीलाई सरकारी साक्षी बनाइएको थियो। तर, उनले असार २६, २०८२ मा अदालतमा अनुसन्धान अधिकृतलाई दिएको बयानभन्दा फरक बकपत्र दिएका छन्। अख्तियारको अनुसन्धानमा बुढाथोकीले आफ्नो जग्गाको काम मिलाउनका लागि शान्ति पुन, खरिदारद्वय रतनबहादुर जिसी र हरिचन्द्र पाण्डे तथा घनश्याम तिवारीसँगको मिलेमतोमा २० हजार रुपैयाँ घुस दिएको पुष्टि भएको छ।
अख्तियारले बुढाथोकीविरुद्ध २० हजार रुपैयाँ बिगो कायम गरी कैद र जरिवानाको मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरेको छ। यसका साथै, घुसबापत दिएको रकम पनि जफत गर्न माग गरिएको छ। यो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९३० बमोजिम कसुर ठहरिएको छ।














