१९ साउन, काठमाडौं । खोटाङको हलेसीबाट दर्शनार्थीहरू बोकेर काठमाडौं फर्किरहेको एउटा बोलेरो गाडी आज बिहान दुर्घटनामा परेको छ।
हलेसी तुवाचुङ नगरपालिका–१ मा भएको यस दुर्घटनामा १८ जना घाइते भएका छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार, दुर्घटनामा परेकामध्ये १६ जनाको अवस्था सामान्य छ भने दुई जनाको अवस्था गम्भीर रहेको छ। अहिले घटनास्थलमा प्रहरीले उद्धार कार्य गरिरहेको छ। घाइतेहरूको उपचारको लागि आवश्यक व्यवस्था मिलाइएको छ।















