Logo

१९ साउन,वीरगञ्ज । पर्सा प्रहरीले कटुवा पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा गरिएको चेकजाँचका क्रममा बिन्दावासीनी गाउँपालिका–५, प्रसौनीका साहेब खाँलाई नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालका अनुसार वीरगन्ज महानगरपालिका–१६, इनर्वा गाउँबाट साहेब खाँलाई हतियारसहित पक्राउ गरिएको हो। स्थानीय बासिन्दाले खाँ कटुवा पेस्तोल बोकेर हिँडिरहेको सूचना दिएपछि प्रहरी टोली खटिएको थियो।

प्रहरीले उनलाई तत्काल पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएको छ। हाल खाँलाई प्रहरी हिरासतमा राखेर हातहतियारसम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार