Logo

२२ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई थुनामुक्त गर्न माग गर्दै रुपन्देही जिल्ला अदालतमा निवेदन दिएका छन्।

उनले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ अनुसार बैंक जमानतमा रिहा हुन पाउनुपर्ने माग गरेका हुन् । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण लगायतका अभियोगमा रुपन्देही कारागारमा रहेका लामिछानेले आफूलाई राजनीतिक प्रतिशोधका आधारमा थुनामा राखिएको दाबी गरेका छन् ।

उनले आफू सहकारी ठगीमा संलग्न नरहेको र आफ्नो भागको बिगो बराबरको रकम बैंक जमानत राखेर रिहा हुन पाउनुपर्ने जिकिर गरेका छन्। लामिछाने चैत २५ देखि रुपन्देही कारागारमा छन्।

 


सम्बन्धित समाचार