Logo

२२ साउन, काठमाडौं । बागमती प्रदेश सरकारले गाईजात्रा पर्वको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

यस वर्ष साउन २५ गते पर्ने गाईजात्राका दिन प्रदेशका सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान, शैक्षिक संस्था लगायतमा बिदा हुनेछ।

बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार, मन्त्रिपरिषद्को यो निर्णय प्रदेश राजपत्रमा समेत प्रकाशित भइसकेको छ। नेवार समुदायको बाहुल्य रहेको बागमती प्रदेशमा गाईजात्रा पर्व विशेष रूपमा मनाइने गरिन्छ।

 


सम्बन्धित समाचार