Logo

२२ साउन, काठमाडौं । नेपाल दलित संघ काठमाडौँले बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्मा दलित समुदायको प्रतिनिधित्वको माग गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ।

बिहीबार सुरेश परियारको नेतृत्वमा गएको टोलीले बुढानीलकण्ठमा देउवालाई भेटेर इन्द्रबहादुर बानियाँ नेतृत्वको नयाँ सरकारमा दलित तथा सीमान्तकृत समुदायलाई समेट्न आग्रह गरेको हो । यसअघिका मन्त्रिमण्डलमा दलित समुदायलाई बेवास्ता गरिएको भन्दै यो पटक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न उनीहरूले जोड दिएका छन् । जवाफमा देउवाले कांग्रेस समावेशी सहभागिताको पक्षमा रहेको र सबैलाई न्याय हुनेगरी पहल गर्ने आश्वासन दिएका छन्।


सम्बन्धित समाचार