प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

२२ साउन,वीरगञ्ज । वीरगञ्जको राधेमाई टोलमा भएको एक बलात्कार घटनाको विरोधमा राष्ट्रिय समता पार्टी नेपाल, वीरगञ्ज महानगर समितिले जिल्ला प्रशासन कार्यालय, पर्सामा ध्यानाकर्षण पत्र बुझाएको छ।

मोटरसाइकल मर्मत गर्ने पेशामा संलग्न नेक मोहम्मद र अफताब अन्सारीले एक किशोरीलाई तीन दिनसम्म बन्धक बनाएर बलात्कार गरेको र गम्भीर अवस्थामा छाडेर फरार भएको आरोप छ। यस घटनाले समाजमा गहिरो आक्रोश उत्पन्न गरेको छ।

पार्टीका नगर संयोजक अमर सर्राफको नेतृत्वमा बुझाइएको ध्यानाकर्षण पत्रमा यो घटनालाई “समाजका चेली–बेटीहरूको अस्मितामाथिको गम्भीर प्रहार“ भनिएको छ। पार्टीले घटनामा संलग्न दुवै आरोपीमाथि निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरेको छ।

यसका साथै, कुनै पनि दबाब वा मिलोमतोमा अपराधीलाई उन्मुक्ति दिने प्रयास गरिए कडा प्रतिवाद गर्ने चेतावनी पनि राष्ट्रिय समता पार्टीले दिएको छ। प्रहरीले दुवै आरोपीलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाएको छ।


सम्बन्धित समाचार