Logo

१६ फागुन,काठमाडौं। राष्ट्रपति निर्वाचन अन्तर्गत आज उम्मेदवारको नाम फिर्ता र अन्तिम नामावली प्रकाशित हुने निर्वाचन आयोगले राष्ट्रपति निर्वाचन प्रक्रिया अन्तर्गत मंगलबार उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने जनाएको छ ।

उम्मेदवारी फिर्ता लिने समय सकिएपछि आजै साँझ ५ बजे अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका रहेको छ ।राष्ट्रपति निर्वाचनका लागि गत शनिबार कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा (एमाले) का सुवास नेम्वाङले उम्मेदवारी दर्ता गर्नुभएको थियो ।दुवै उम्मेदवार विरुद्ध कुनै पनि उजुरी नपरेको पनि आयोगले जनाएको छ ।

निर्वाचन कार्यतालिका अनुसार राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ ।राष्ट्रपति निर्वाचनका लागि प्रदेशसभाका सदस्य ५५० र संघीय संसदका ३३२ गरी ८८२ मतदाता छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते सकिँदैछ ।


सम्बन्धित समाचार