Logo

१६ फागुन,वीरगञ्ज । पर्साको पत्रकारिताको ७ दशकलाई समेटेर नेपाल पत्रकार महासंघ पर्साले स्मारिका प्रकाशन गर्ने निर्णय गरेको छ । नेपाल पत्र कार महासंघ पर्साको आज सम्पन्न बैठकले ७० वर्षमा पर्साको पत्रकारिताको विगत र वर्तमानलाई दर्शाउने उद्देश्यले स्मारिका प्रकाशन गर्नेे निर्णय गरेको हो ।

पूर्व अध्यक्ष शत्रुधन नेपालको संयोजकत्वमा महेश दास, महेश गौतम, युवराज खड्का, भूषण यादव रहेको प्रकाशन समिती गठन गरिएको छ । समितीको सल्लाहकारमा वरिष्ठ पत्रकार जगदिश शर्मा, शंकर खतिवडा, गया यादव, चन्द्रकिशोर झा हुनुहुन्छ ।

यसैगरि महासंघको भौतिक निर्माण कार्य प्रगतिमा रहनुको साथै आम संचारकर्मीको क्षमता अभिवृद्धीका लागि चैतको पहिलो साता चितवनको सौराहामा तिन दिनको आवासिय तालिम संचालन गर्ने निर्णय समेत भएको छ ।

यस्तै दिवंगत भएका शाखाका कार्यसमिति सदस्य नरेश सर्राफको स्मृतिमा स्थापना भएको अक्षय कोषको खाता नबिल बैंकको पावर हाउस शाखामा पूर्व निर्णय अनुसारको १ लाख ५१ हजार रकम जम्मा गर्ने निर्णय बैठकमा गरिएको छ ।


सम्बन्धित समाचार