Logo

१६ फागुन,बारा । बारा प्रहरीले होली पर्वका नाममा जथाभावी रङ्ग लगाउनेलाई  कारबाही गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जथाभावी तरिकाले रङ्ग खेल्ने ब्यक्तिलाई पक्राउ गर्ने आदेश दिनुभएको हो ।

होली पर्व मनाउने क्रममा जथाभावी रंग दल्ने, लोला हान्ने, बाटोमा हिँड्ने व्यक्तिलाई अनावश्यक दुःख दिने, बाटो अवरोध गरी सवारी साधनबाट रकम असुल्ने, यातायात आवागमनमा अवरोध गर्नेलाई कार्वाही गरिने प्रमुख जिल्ला अधिकारी सापकोटाले जारी गर्नुभएको आदेश पत्रमा उल्लेख छ ।

आदेश पत्रमा वातावरण तथा जनस्वास्थ्यमा प्रतिकुल असर पार्ने रंगिन बस्तुहरु, केमिकल, प्लाष्टिकजन्य लोला लगायतको प्रयोग एवम आयात र बिक्री वितरण समेत नगर्न भनिएको छ ।

आदेशको अवज्ञा भएमा कानुनबमोजिम कार्वाही गरिने जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ । प्रमुख जिल्ला अधिकारी साप्कोटाले होली मनाउँदा आ–आफ्नो धार्मिक, सांस्कृतिक, सामाजिक परम्पराको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गरी सभ्य, भव्य तथा सुसंस्कृति रुपमा मनाउन अनुरोध समेत गर्नुभएको छ ।


सम्बन्धित समाचार