प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

२५ साउन,वीरगञ्ज । बारा जिल्लाको कलैयास्थित उद्योग वाणिज्य संघको सभा हलमा आयोजित एक विशेष समारोहका बीच आम जनता पार्टी, मधेश प्रदेशको प्रमुख उपस्थितिमा प्रसौनी गाउँपालिकामा नयाँ कमिटी गठन गरिएको छ।

पार्टीका मधेश प्रदेश अध्यक्ष उमेश कुशवाहाको प्रमुख आतिथ्यता तथा पार्टीका विभिन्न नेताहरू तथा कार्यकर्ताहरूको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा कुल ७७ सदस्यीय नयाँ कमिटी चयन गरिएको हो।

नयाँ कमिटीको अध्यक्षमा मनोज कुशवाहा चयन भएका छन्। त्यसैगरी, उपाध्यक्षहरूमा हरिन्द्र कुशवाहा, उमेश कुशवाहा, दिपेन्द्र कुशवाहा र ह्दय कुशवाहा चयन भएका छन्। सचिवको रूपमा रुपेश कुशवाहा र सहसचिवमा मुकेश कुशवाहाले जिम्मेवारी सम्हाल्ने भएका छन्।

कोषाध्यक्षको रूपमा बन्दना गुप्ता कानु नियुक्त भएकी छन्। त्यसैगरी, सदस्यहरूमा शिवन्दन कुशवाहा, बिकेश कुशवाहा, मोसाफिर चौरसिया, असर्फी चौरसिया, शम्भु साह, रुस्तम अंसारीलगायत अन्य व्यक्तिहरू चयन भएका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश अध्यक्ष उमेश कुशवाहाले पार्टी संगठनलाई अझ मजबुत बनाउँदै जनताको हक, अधिकार र समृद्धिका लागि एकजुट भएर काम गर्नुपर्नेमा जोड दिएका थिए। उनले पार्टीको नीति, सिद्धान्त र उद्देश्यलाई घर–घरमा पुर्‍याउने दृढ संकल्प व्यक्त गरेका थिए।

यो नयाँ कमिटी गठनसँगै प्रसौनी गाउँपालिकामा आम जनता पार्टीको उपस्थिति र प्रभाव अझ सशक्त हुने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार