Logo

१६ फागुन, बारा । लघुबित्तीय संस्था खारेज गर्नुपर्ने माग राख्दै बाराको सिमरा प्रदर्शन भएको छ । लघुबित्तीय संस्था बिरुद्धको संघर्ष समिती  बाराले लघुबित्तीय संस्थाको ज्यादतीको बिरोध गर्दै खारेजीको माग गरेका छन् ।

बिभिन्न लघुबित्तिय संस्थामा बसेका बाराका महिलाहरु हातमा प्लेकार्ड र ब्यानर बोकि जीतपुर देखि सिमरासम्म नारा लगाउँदै रयाली निकालेका थिए ।

उनीहरुले घरमा पैसा मा्रग्ने आउँने लघुबित्तीय संस्थाका प्रतिनिधिहरु अपशब्द प्रयोग गर्ने ,घरका गाईबस्तुहरु खोलेर लैजाने ,बईज्जत गर्ने ,जम्मा गरेको बचत फिर्ता नगर्ने लगायतको  आरोप लगाएका छन् ।


सम्बन्धित समाचार