Logo

२८ साउन, काठमाडौं । बुधबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईँका अनुसार ओलीले आफ्नो हालैको विदेश भ्रमण र देशको समसामयिक राजनीतिक अवस्थाबारेमा संसदमा जानकारी दिनेछन् । प्रधानमन्त्री ओली साउन २० देखि २३ गतेसम्म भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन तुर्कमेनिस्तानको अवाजा गएका थिए ।


सम्बन्धित समाचार