Logo

२८ साउन, काठमाडौं । न्याय परिषद्ले उच्च अदालतका लागि सिफारिस गरेका २७ जना न्यायाधीशले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रधानन्यायाधीश प्रकाशमान सिंहको उपस्थितिमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवरले उनीहरूलाई शपथ ग्रहण गराएका हुन्। शपथ लिने न्यायाधीशहरूमध्ये १६ जना जिल्ला न्यायाधीशबाट, ६ जना कानुन व्यवसायीबाट र ५ जना न्याय सेवाबाट सिफारिस भएका थिए । शपथपछि उनीहरूले एक महिनाको तालिम लिनेछन् र त्यसपछि मात्र आ(आफ्नो कार्यक्षेत्रमा खटिनेछन् ।


सम्बन्धित समाचार