२८ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को युवा संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं अधिवेशन हात हालाहालको अवस्थामा पुगेपछि बिथोलिएको छ।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको उपस्थितिमा भएको कार्यक्रममा दुई पक्षबीच चर्को विवाद भएपछि लिङ्देनले अधिवेशन स्थगित गर्न निर्देशन दिएका थिए । तर, असन्तुष्ट पक्षले अध्यक्षको निर्देशनलाई अस्वीकार गर्दै आफ्नो छुट्टै समिति गठन गरेको घोषणा गरेको छ। विवादको मुख्य कारण निर्वाचन समिति एकलौटी ढंगले बनाइएको असन्तुष्ट पक्षको आरोप छ।
असन्तुष्ट पक्षका मुख्य माग ?
विधानअनुसार अधिवेशन नभएको र निर्वाचन समिति पनि अवैधानिक भएको उनीहरूको दाबी छ । निर्वाचन कार्यतालिका र प्रतिनिधि यकिन नगरी अधिवेशन गर्न लागिएको आरोप लगाइएको छ । महामन्त्री डा. धवलशमशेर राणा पक्षले वैधानिक रूपमा गठन भएका समितिलाई मात्र मान्यता दिनुपर्ने माग गरेको छ। अवैधानिक निर्वाचन समिति विघटन गरी सहमतिमा नयाँ समिति बनाउनुपर्ने उनीहरूको अडान छ।
अधिवेशनमा नाराबाजी सुरु भएपछि कार्यक्रम बिथोलिएको थियो । असन्तुष्ट पक्षले आफ्नो माग पूरा नभएसम्म अधिवेशनलाई वैधानिकता नदिने बताएको छ।















