Logo

२८ साउन, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी २०८४ सालको निर्वाचनसम्म वर्तमान राजनीतिक समीकरण कायम रहने बताएका छन्।

प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले अस्थिरताको चाहना राख्नेहरूको प्रयास सफल नहुने स्पष्ट पारे। प्रधानमन्त्री ओलीले भने, ‘म सबैलाई स्पष्ट पार्न चाहन्छु, अस्थिरताको जतिसुकै चाहना राखे पनि आगामी ०८४ सालको निर्वाचनसम्म यही राजनीतिक समीकरण अगाडि बढ्छ।’ उनले बलियो संसदीय गणितको आधारमा बनेको यो सरकार आजै ढल्छ भन्ने हल्लाले अस्थिरतालाई मात्र बढावा दिने बताए ।

देशमा राजनीतिक र नीतिगत स्थिरता ल्याउन तथा बिग्रिएको अर्थतन्त्रलाई सुधार गर्न प्रमुख दलहरू मिलेर यो सरकार बनाएको उनको भनाइ थियो। उनले विपक्षी दलहरूलाई यो स्थिरता मन नपरेको हुन सक्ने बताए, तर आफूहरूलाई भने यो प्रणाली ज्यानसरह प्रिय रहेको र यसको रक्षाका लागि कुनै पनि कष्ट सहन तयार रहेको बताए ।


सम्बन्धित समाचार