२८ साउन,काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट औपचारिक रूपमा राजीनामा दिएका छन्।
निजामती सेवा विधेयकको ’कुलिङ पिरियड’ मा भएको हेरफेरबारे छानबिन गर्न गठित संसदीय समितिले उनलाई नैतिक जिम्मेवार ठहर गरेपछि खतिवडाले यो कदम चालेका हुन्। उनले हिजो (मंगलबार) संसद्मा राजीनामा दिने घोषणा गरेका थिए।
आज सभामुख देवराज घिमिरेलाई राजीनामा पत्र बुझाउँदै खतिवडाले भने, ‘प्रतिवेदनमा जिम्मेवारी भन्ने शब्द प्रयोग गरिएकाले मैले जिम्मेवारी बोध गर्दै राजीनामा दिएको हुँ।’
राजीनामा दिँदा कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौला पनि साक्षीको रूपमा उपस्थित थिए।

















