प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

२८ साउन, काठमाडौं। नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले नेपालको कारागारमा नाइके, भाईनाइके र चौकीदार राख्ने कानुनी व्यवस्थाले आफू अचम्ममा परेको बताएका छन् ।

उनले यस्तो व्यवस्था विश्वका अन्य देशहरूमा नरहेको दाबी गरेका छन्। बुधबार बसेको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै नेम्वाङले भने, “हामीले बनाएको नियमावलीमा उनीहरूलाई निश्चित सेवा(सुविधा दिइएको रहेछ। यसले विकृति ल्याएको छ।”

कानुनका विद्यार्थीसमेत रहेका सांसद नेम्वाङले अन्य देशका कानुनहरूको अध्ययन गर्दा कतै पनि यस्तो व्यवस्था नभेटिएको बताएका छन्। उनले भने, ‘हाम्रो नियमावलीको दफा ५३ मा यो व्यवस्था गरिएको रहेछ। हुन त यो व्यवस्था कारागार व्यवस्थापनमा सहजताका लागि गरिएको होला, तर यसले विकृति निम्त्याएको छ।’

उनले नाइके, भाईनाइके र चौकीदारहरूले कैदीबन्दीलाई दमन गरेको कुराहरू पनि सुन्नमा आएको भन्दै यो व्यवस्थालाई पुनर्विचार गर्नुपर्नेमा जोड दिएका छन्।


सम्बन्धित समाचार