प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

२९ साउन, वीरगञ्ज । पर्सा जिल्लामा घरेलु हिंसासम्बन्धी मुद्दाभन्दा सम्बन्धविच्छेदका मुद्दा बढी दर्ता भएको पाइएको छ । पर्सा जिल्ला अदालतका तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८१/८२ मा ३ सय ४३ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका थिए ।

जस मध्ये २ सय ६४ मुद्दा फछ्र्योट भएका छन् भने ७९ मुद्दा अझै फछ्र्योट हुन बाँकी रहेको अदालतका न्यायाधीश नन्दकिशोरप्रसाद यादवले जानकारी दिए।

न्यायाधीश यादवका अनुसार घरेलु हिंसासम्बन्धी मुद्दा स्थानीय तहको न्यायिक समिति, प्रहरी तथा अन्य निकायमार्फत मेलमिलाप हुने भएकाले अदालतमा दर्ता हुने संख्या तुलनात्मक रूपमा कम देखिन्छ। साथै, वैदेशिक रोजगारीका कारण दाम्पत्य जीवनमा दूरी बढ्दै गएपछि सम्बन्धविच्छेदका मुद्दा बढ्ने प्रवृत्ति देखिएको छ ।

गत आर्थिक वर्षमा घरेलु हिंसासम्बन्धी ९५ वटा मुद्दा दर्ता भएका थिए । तीमध्ये ५३ मुद्दा फछ्र्योट भए भने ४२ मुद्दा अझै बाँकी छन् । यस्तै, जबर्जस्ती करणीका ९८ मुद्दामध्ये ५६ मुद्दा फछ्र्योट भएका छन् र ४२ मुद्दा अझै टुंगो लागेको छैन ।

विशेषज्ञहरूले सामाजिक संरचना, आर्थिक चुनौती र विदेश पलायनजस्ता कारणले वैवाहिक सम्बन्धमा दरार उत्पन्न भई सम्बन्धविच्छेदका मुद्दा बढेको बताएका छन् । उनीहरु दाम्पत्य जीवन सुदृढ बनाउन परिवार तथा समाजको भूमिकामा जोड दिएका छन् ।


सम्बन्धित समाचार