प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

३० साउन, काठमाडौं । बाँकेको नेपालगञ्जमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–४ मा खैरो हेरोइन कारोबारमा संलग्न चार जनालाई पक्राउ गर्ने क्रममा यो घटना भएको हो । लागुऔषध नियन्त्रण ब्युरोको टोलीले शङ्का लागेर खानतलासी गर्न खोज्दा कारोबारीहरूले प्रहरीमाथि इँटा प्रहार गरेपछि स्थिति नियन्त्रणमा लिन गोली चलाउनुपरेको प्रहरीले जनाएको छ । इँटा प्रहारबाट एक जना प्रहरी घाइते भएका छन् ।

प्रहरीको गोली लागेर पक्राउ परेकामध्ये भारतका कार्त्तिककुमार घाइते भएका छन् । उनको दाहिने खुट्टामा गोली लागेको र उपचारका लागि अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्ने अन्यमा नेपालगञ्जका अमन साह र भाइजन अन्सारी तथा भारतका अजयकुमार रहेका छन् । प्रहरीले उनीहरूको साथबाट २६५ ग्राम खैरो हेरोइन बरामद गरेको छ ।


सम्बन्धित समाचार