Logo

३१ साउन,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ९ र ११ मा छात्रवृत्तिमा विद्यार्थी छनोट गर्न लिइने लिखित परीक्षाको विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ।

महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका अनुसार, अनलाइन फारम भरेका सबै विद्यार्थीहरूको लागि परीक्षाको मिति, समय र प्रवेश पत्रको व्यवस्था गरिएको छ।

परीक्षाको मिति र प्रवेश पत्र

  • परीक्षा मिति: आगामी २०८२ भाद्र ६ गते बिहान ७:३० बजेदेखि।
  • प्रवेश पत्र: विद्यार्थीहरूले आफ्नो प्रवेश पत्र २०८२ साउन ३२ गते बिहान १० बजेदेखि अनलाइन प्रिन्ट गर्न सक्नेछन्।

प्रवेश पत्रमा नै परीक्षा केन्द्रको विस्तृत जानकारी उल्लेख गरिनेछ। परीक्षामा प्रवेश पत्रबिना कुनै पनि विद्यार्थीलाई सहभागी हुन दिइने छैन।

प्रवेश पत्र डाउनलोड गर्ने तरिका

प्रवेश पत्र डाउनलोड गर्नका लागि, विद्यार्थीले वीरगन्ज महानगरपालिकाको आधिकारिक वेबसाइट scholarship.birgunjmun.gov.np मा जानुपर्नेछ। वेबसाइटमा गएर आफ्नो कक्षा छनोट गरेपछि, फारम भर्दा प्राप्त भएको सिम्बोल नम्बर र पासवर्ड प्रयोग गरी प्रवेश पत्र निकाल्न सकिनेछ।

महानगरपालिकाले सबै विद्यार्थीहरूलाई समयमै प्रवेश पत्र डाउनलोड गरी सुरक्षित राख्न आग्रह गरेको छ।


सम्बन्धित समाचार
भर्खरै