३१ साउन,काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट काठमाडौं स्थानान्तरण गर्ने तयारी भएको छ।
कारागार व्यवस्थापन विभागमा लामिछानेले दिएको निवेदनका आधारमा उनलाई सरुवा गर्ने निर्णय भएको हो। विभागको निर्णयपछि उनलाई काठमाडौं ल्याउनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली रुपन्देही पुगिसकेको स्रोतले जनाएको छ।
हालसम्म उनलाई कुन समय र कुन माध्यमबाट काठमाडौं ल्याइने भन्नेबारे आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन। तर, प्रारम्भिक सूचनाका अनुसार विमानमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको बुझिएको छ।
लामिछाने हाल रुपन्देही कारागारमा थुनामा छन्। उनीमाथि विभिन्न सहकारी संस्था सम्बन्धी ठगी अभियोगमा अनुसन्धान जारी रहेको छ।















