३१ साउन,काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिस्री नेपालको एक दिने औपचारिक भ्रमणका लागि आइतबार काठमाडौँ आउने भएका छन्।
नेपालका परराष्ट्र सचिव अमृत बहादुर राईको निमन्त्रणामा हुन लागेको यो भ्रमणका क्रममा दुई सचिवबीच नेपाल–भारतबीचको साझेदारी, कनेक्टिभिटी, विकास सहयोग र आपसी हितका अन्य विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
नेपालमा रहँदा विदेश सचिव मिस्रीले नेपालका उच्च सरकारी अधिकारीहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।















