प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

३१ साउन,काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीको १५औँ महाधिवेशन समयमै हुनुपर्ने भन्दै पार्टीका नेता र कार्यकर्तालाई सक्रिय भएर दबाब दिन आग्रह गरेका छन्। उनले दैनिक रूपमा सामाजिक सञ्जालमार्फत सभापति शेरबहादुर देउवालाई महाधिवेशनको मिति निर्धारण गर्न दबाब दिन सबैमा जोड दिएका छन्।

शनिबार कांग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुले आयोजना गरेको ‘कांग्रेसभित्र अपरिहार्यता, सहमति, सहकार्य र एकता आजको आवश्यकता’ विषयक अन्तरक्रियामा नेता कोइरालाले भने, “हामी अधिवेशनको सङ्घारमा छौँ। छिटोभन्दा छिटो महाधिवेशन नभए कांग्रेस कमजोर हुँदै जान्छ। त्यसैले सबैले हरेक दिन सामाजिक सञ्जालमा समयमै महाधिवेशन हुनुपर्छ भनेर लेख्न थाल्नुस्, दबाब बढाउनुस्।”

डा. कोइरालाले पार्टीभित्र महाधिवेशन ढिलो गर्ने चर्चा भएकोमा असन्तुष्टि व्यक्त गर्दै, पार्टी अनुशासन समिति समेत गुटगत प्रभावमा परेको र ‘नोट अफ डिसेन्ट’लाई समेत उचित मान्यता नदिइएको आरोप लगाए। उनले पार्टीभित्र सहमति, सहकार्य र संगठनात्मक एकता अनिवार्य भएको बताए र यसको सुरुआत सभापतिबाटै हुनुपर्नेमा जोड दिए।

उनले कांग्रेसलाई एकढिक्का बनाएर अघि बढाउन १५औँ महाधिवेशन समयमै हुनुपर्ने आवश्यकतालाई जोड दिएका छन्। डा. कोइरालाको यो अभिव्यक्तिले पार्टीभित्रका भित्री बहस र महाधिवेशनको समयतालिका विषयक दबाब बढ्ने सम्भावना रहेको छ।


सम्बन्धित समाचार