Logo

१ भदौ, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टीभित्र कुनै पनि गुटबन्दी नरहेको दाबी गर्नुभएको छ।

प्रेस चौतारी ताप्लेजुङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सिंगो एमाले एकताबद्ध रहेको बताउनुभयो। भट्टराईले देशको वर्तमान आवश्यकताका कारण एमाले र नेपाली कांग्रेसबीच गठबन्धन सरकार बनेको र यो सरकार आगामी निर्वाचनसम्मै रहने स्पष्ट पार्नुभयो। उहाँले यो सरकारले देशको आर्थिक स्थिति र अन्तर्राष्ट्रिय सम्बन्धलाई मजबुत बनाएको, कानुनहरू संशोधन गरेको र विकासका कामलाई तीव्रता दिएको दाबी गर्नुभयो।

संविधान संशोधनको धारणा

संविधान संशोधनको विषयमा बोल्दै भट्टराईले स्थानीय तहको संख्या घटाउनुपर्ने र वडाको संख्या बढाउनुपर्ने धारणा राख्नुभयो। साथै, उहाँले उपराष्ट्रपतिलाई राष्ट्रियसभाको अध्यक्ष बनाउन र संवैधानिक आयोगहरूको संख्या घटाउनुपर्नेमा पनि जोड दिनुभयो।

अर्थतन्त्रमा सकारात्मक सुधार

भट्टराईले वर्तमान सरकार बनेपछि मुलुकको अर्थतन्त्र सकारात्मक दिशामा अघि बढेको बताउनुभयो। उहाँले सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गरी लगानीका लागि आह्वान गरेको र विदेशी लगानीलाई निरुत्साहित गर्ने कानुनहरू संशोधन गरिएको जानकारी पनि दिनुभयो। यसले देशको आर्थिक विकासमा थप सहयोग पुग्ने उहाँको भनाइ छ।


सम्बन्धित समाचार
भर्खरै