Logo

विपिन जोशीको उद्धारमा ढिलासुस्तीः परराष्ट्रमन्त्रीको राजीनामा माग

१ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले परराष्ट्रमन्त्री आरजु राणा देउवाको राजीनामा माग गरेका छन् । इजरायलमा हमासको बन्धकमा परेका नेपाली नागरिक विपिन जोशीको उद्धारमा सरकारले प्रभावकारी पहल गर्न नसकेको भन्दै शाहीले मन्त्रालयको कार्यसम्पादनमाथि गम्भीर प्रश्न उठाएका हुन् । शाहीले सामाजिक सञ्जालमार्फत सरकारको कडा आलोचना गर्दै विपिनका परिवार ९आमा र बहिनी० को कारुणिक अवस्थाले आफू मर्माहत भएको बताउनुभएको छ। उहाँले सरकार, विशेषगरी परराष्ट्र मन्त्रालय, यस्तो संवेदनशील मानवीय संकटमा निष्क्रिय रहेको आरोप लगाउनुभयो। ‘नागरिकको जीवन रक्षा गर्न नसक्ने, दुःखमा परेका नागरिकको घाउमा मल्हम लगाउन नसक्ने परराष्ट्रमन्त्री र कर्मचारीलाई पदमा बसिरहने कुनै औचित्य छैन,’ शाहीले आफ्नो पोस्टमा उल्लेख गर्नुभएको छ।

शाहीका मुख्य मागहरू

विपिनको सकुशल रिहाइका लागि इजरायल, हमास र अन्य अन्तर्राष्ट्रिय निकायहरूसँग तत्काल समन्वय गरी कूटनीतिक दबाब सिर्जना गर्नुपर्ने।

इजरायलमा रहेका विपिनका परिवारलाई आवश्यक मानसिक, नैतिक र कूटनीतिक सहयोग उपलब्ध गराइनुपर्ने।

भविष्यमा यस्ता घटना दोहोरिन नदिन विदेशमा रहेका नेपालीको सुरक्षाका लागि दीर्घकालीन रणनीति र कूटनीतिक संयन्त्रलाई सुदृढ गर्नुपर्ने।

 


सम्बन्धित समाचार
भर्खरै