प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

२ भदौ,वीरगञ्ज । नेपाल पत्रकार महासंघ, मधेश प्रदेशले लिजमा लिएको जग्गामाथि नेपाल बार एसोसिएसन, जनकपुरको दाबीलाई जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले कडा रूपमा अस्विकार गरेका छन्।

मेयर साहले पत्रकार महासंघले कानुनी प्रक्रिया पुरा गरी गुठी संस्थानसँग २० वर्षका लागि लिजमा लिएको जग्गामाथि बार एसोसिएसनको दाबी ‘अनुचित’ र ‘अन्यायपूर्ण’ भएको बताएका छन्। बार एसोसिएसनसँग आफ्नै भवन भएको अवस्थामा अर्को संस्थाले प्राप्त गरेको जग्गामाथि अवरोध गर्नु न्यायसंगत नभएको उनको भनाइ छ।

मेयर साहले बारले जग्गामा माटो भरेको दाबी झूट भएको स्पष्ट पार्दै भने, “त्यस जग्गामा गंगासागरस्थित रामनारायण मिश्र स्मारक समितिको भवन निर्माण गर्दा माटो भण्डारण मात्र गरिएको थियो।”

उनले यस्तो विवादले विद्वान अधिवक्ताहरूको छविमा नकारात्मक प्रभाव परेको र न्यायालयप्रति नै प्रश्नचिन्ह उठेको भन्दै दुवै पक्षलाई संवाद र वार्ताबाट समस्या समाधान गर्न आग्रह गरे। साथै दोषीलाई कानुनी कारबाही गर्नुपर्नेमा पनि जोड दिए।

यसैबीच, पत्रकार महासंघ, मधेश प्रदेशका अध्यक्ष श्यामप्रसाद बन्जारा लगायत वरिष्ठ पदाधिकारी तथा पत्रकारहरू पनि उपस्थित थिए र यस विषयमा छलफल गरिएको थियो।


सम्बन्धित समाचार