Logo

३ भदौ, काठमाडौँ । राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्ने भएको छ। बैठकमा सहरी विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्यासम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ सभामुखसमक्ष पेस गर्ने कार्यक्रम रहेको छ।

त्यसैगरी, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘सामाजिक सञ्जालसम्बन्धी विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको संसद् सचिवालयले जनाएको छ।

आजै संसद्का स्थायी समितिहरूका बैठक पनि बस्दै छन्। अर्थसमितिको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ को मस्यौदा प्रतिवेदनमाथि छलफल हुनेछ। त्यस्तै, कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’ को दफावार छलफल गर्ने कार्यसूची छ।


सम्बन्धित समाचार
भर्खरै