Logo

३ भदौ, काठमाडौँ । राष्ट्रियसभा सदस्य मदनकुमारी साह ‘गरिमा’ ले जन्मदर्ता नभएका विद्यार्थीहरूलाई पनि एसईई परीक्षाको फारम भर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

सांसद साहले करिब २५ हजार विद्यार्थीहरू बुबाआमाको पहिचान नभएकै कारण जन्मदर्ता प्रमाणपत्रबिना एसईई फारम भर्नबाट वञ्चित भएको जानकारी दिइन् । ‘जन्मदर्ता नभएकै कारण शिक्षा आर्जन गर्ने मौलिक अधिकारको हनन गर्नु राज्य अपराध हो,’ उनले भनिन्। उनले सरकारलाई यस विषयमा तत्काल कदम चाल्न आग्रह गर्दै यससम्बन्धी जानकारी सभामा दिनसमेत माग गरेकी छन्।


सम्बन्धित समाचार
भर्खरै