प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

४ भदौ, काठमाडौं। साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ।

आज बजार बन्द हुँदा नेप्से सूचक ९.७० अङ्कले घटेर २७६७.२० को बिन्दुमा झरेको छ।

कारोबारमा कमी

आज कारोबार रकममा पनि गिरावट आएको छ। कुल ५ अर्ब २० करोड ७५ लाख रुपैयाँ बराबरको १ करोड ५२ लाख कित्ता सेयर खरिदबिक्री भएको छ। यो रकम अघिल्लो दिनको तुलनामा कम हो ।

कसले कमाए, कसले गुमाए?

विकास हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतले कमाएका छन्, जसको सेयर मूल्य बढेर ३२१.३० रुपैयाँ पुगेको छ। यसैगरी, चन्द्रागिरि हिल्सको सेयर मूल्य पनि ७.४२ प्रतिशतले बढेको छ। पञ्चकन्यामाई हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै ९.०३ प्रतिशतले गुमाएका छन्। कम्पनीको सेयर मूल्य घटेर ४०८.६८ रुपैयाँमा झरेको छ।

धेरै कारोबार हुने कम्पनीहरुमा नेपाल पुनर्बिमा कम्पनी, हिमालयन रिइन्स्योरेन्स, चन्द्रागिरि हिल्स लगायत रहेका छन् । आजको बजारमा १८८ कम्पनीको मूल्य घट्दा ५९ वटाको मात्रै मूल्य बढेको छ भने दुईवटा कम्पनीको मूल्य स्थिर रहेको छ।


सम्बन्धित समाचार