१२ भदौ,वीरगञ्ज ।वीरगञ्जमा हैजाको संक्रमण तीव्र रूपमा फैलिरहेको छ। बुधबार मात्रै एकैदिन थप १०६ जनामा हैजा पुष्टि भएको छ। यससँगै, जिल्लामा दर्ता भएका कुल संक्रमितको संख्या ५२८ पुगेको छ।
जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिका प्रवक्ता सुमनचन्द्र ठाकुरले दिएको जानकारीअनुसार, कुल संक्रमितमध्ये २५७ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्। हाल २७१ जना विभिन्न अस्पतालमा उपचाररत छन्। उपचाररत बिरामीमध्ये ३५ जनाको आईसीयूमा, ४ जनाको एचडीयूमा र २३२ जनाको जनरल वार्डमा उपचार भइरहेको छ।
संक्रमितहरूको उपचार नारायणी अस्पतालसहित विभिन्न निजी अस्पतालहरूमा भइरहेको छ। हाल नारायणी अस्पतालमा १५८, वीरगन्ज हेल्थ केयर अस्पतालमा २४, तराई हस्पिटलमा ४२, नेसनल मेडिकल कलेजमा १९, प्रभु अस्पतालमा ७, सर्वोत्तममा ६, एडभान्स, नारायणी सेन्ट्रल र नीलकण्ठ हस्पिटलमा ४÷४ जना, भवानी अस्पतालमा २ र नेपाल मेडिसिटी बयोधामा १ जनाको उपचार चलिरहेको छ।
हैजा नियन्त्रणका लागि वीरगन्ज महानगरपालिकाले जनचेतनामूलक घरदैलो अभियान पनि सञ्चालन गरेको छ।

















